आईसीसी विश्व कप क्रिकेट लिग–२ः युएईसँग नेपालको लगातार हार


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित




आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित बनेको छ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित बन्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। यस्तै, आरिफ शेख र सोमपाल कामी समान १५/१५ रन बनाएर आउट बने। बलिङतर्फ युएईका जुनेद सिद्दिकीले ४ विकेट लिए। यस्तै, काशिफ दाउद र अहमद राजाले समान २/२ विकेट लिए।

यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा नौ विकेट गुमाएर २०२ रन बनायो। युएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए। यस्तै, मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जोडे।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले ३, करण केसी र सोमपाल कार्मीले २/२ तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो। विश्व क्रिकेट लिग–२ मा ११ खेलमा १० अंकसहित नेपाल छैटौँ स्थानमा छ। इुएई दोस्रो र पीएनजी पुछारमा छ। तर, लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।