बागलुङ । सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे सुरु भएको छ । बागलुङ नगरपालिका–१३ को काभ्राबोटदेखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो । नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा तीन वर्षअघिदेखि स्तरोन्नति सुरु भएको सडक कालोपत्रे हुने भएको हो ।
तीन किलोमिटर १६१ मिटर सडक साढे पाँच मिटर फराकिलो कालोपत्रे गर्न लागिएको हो । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीका साइड इञ्चार्ज सुशील लामिछानेले धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्रे सडकले जोड्ने योजनाअन्र्तगत यो सडकको स्तरोन्नतिको काम भइरहेको बताए ।
गत वर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाइएको पर्खाल असार १ गतेको भीषण बाढीले कालीगण्डकीमा मिसाइदिएको थियो । यो खण्डमा झरेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । सडक मर्मत गरेर कालोपत्रे गर्न थालिएको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए।
सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावरलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सहज हुनेछ । पाग्जादेखि भैरवस्थानसम्म विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गर्न दबाब दिइने नेकपा एमाले नेता कृष्ण पाठकले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







