सेतीनदी तिरभिर संरक्षण गर्न माग गर्दै स्थानियले गराए पोखरा महानगर उपप्रमुखको ध्यानार्षण


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित




पोखरा, चैत ८

सेती नदी तिरभिर संरक्षण समूहले सेती नदी संरक्षणका लागि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको ध्यानाकर्षण गराएका छन् । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाको साझा संस्था सेतीनदी तिरभिर संरक्षण समूहले उपप्रमुख गूरुङलाई भेटेर सेतीनदी संरक्षण गर्न ध्यानाकर्षण गराएका हुन् ।

सो समूहले सेतीनदी संरक्षणका लागि रामघाट परियोजना उपयुक्त भएकाले उक्त परियोजना अघि बढाउनुका साथै आफूहरुलाई पनि त्यसमा सहभागि गराउन माग गर्दै आएको छ । उक्त समूहले परियोजनामा आफूहरुलाई १० प्रतिशत सेयर लगानी दिन, स्थानियलाई रोजगारीमा प्राथमिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतिक्षालय, क्रियापुत्री भवन, स्नान घर निर्माणलगायत सुनिश्चित गर्न माग गरेको समूहका संयोजक किसन विश्वकर्माले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानियको माग जायज भएकाले आफूले सक्दो सहयोग गर्ने बताइन् । उनले महानगरको आगामी बैठकमा मेयरमार्फत प्रस्ताव पेश भएमा आफू सकारात्मक ढंगले अघि बढ्ने बताएकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।