नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : रामचन्द्र पौडेल

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गरेका छन् ।

शिलन्यास कार्यक्रममा बोल्दै उनले विकासका लागि राजनीति गर्न नहुने बताएका छन् । उनले देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने बताए । गाउँगाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गरे । एमसिसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताए । ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् ।

डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।