काठमाडौ । मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्र्सना गरेको छ ।
महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् ।
सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ÷सङ्घठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसमेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिनसमेत माग गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







