बैतडी । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ ।
सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
नगरपालिकाका १० वटै वडाका एक÷एक विद्यालयमा अन्तरक्रिया गर्ने कार्यतालिकाअनुसार अहिले सम्म वडा नं २, ३, ४ ७ र १० कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेका वडाहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





