फाइल तस्बिर ।
काठमाडौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको…





