जुनियर टेनिसमा प्रणव र सौगात युगल च्याम्यिन


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित




१० चैत्र,पोखरा

प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिवार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्यिन भएका हुन् ।

प्रतियोगितामा विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत बज्राचार्य र सृजन भट्टराइको जोडीले तृतीय स्थान प्राप्त गरे ।

१६ वर्ष मुनिको ब्वाइज सिंग्लस उपाधी प्रणव मानन्धरले जितेका छन् । उनले फाइनल खेलमा राजबिर प्रधानलाई ६–०, ६–१ को सहज नतिजा निकाले । जितसंगै उनले नगद १५ हजार सहित मेडल तथा उपविजेता राजबिरले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सौगात विकले तृतीय स्थान हाँसिल गरे । विजयी खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज बाँस्तोला, संघका सदस्य प्राञ्जल कायस्थ, नेपालका शिर्षवरियता खेलाडी प्रदिप खड्का लगायतले एक समारोहका विच पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गल्र्सतर्फका फाइनल तथा अन्य खेलहरु जारी गरेको प्रतियोगिताका निर्देशक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।