राष्ट्रिय भलिबलः गण्डकी प्रदेश सेमिफाइनमै रोकियो

- उपाधिका लागि विभागीय आर्मी र पुलिस फाइनल भिड्दै


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमै रोकिएको छ।
सेमिफाइनलमा पुलिस बाधक बनेसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।
क्वाटरफाइनलमा बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सोझो सेटमा हराएर हौसिएको गण्डकी सेमिफाइनलमा विभागीय पुलिससँग २–३ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध बन्यो।
शुक्रबार बिहान भएको दोस्रो सेमिफानल खेलमा गण्डकी पुलिससँग १६–२५,१९–२५, २५–२२, २५–२३ र १२–१५ ले स्तब्ध बन्यो। उक्त खेलको ‘म्यान अफ द म्याच’ पनि पुलिसकै रविन चन्द बने।
प्रतियोगिताको उपाधिका लागि भने २ विभागीय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्नेछ। फाइनल खेल आज (शनिबार) बिहान ९ बजे हुने आयोजक सुदुर पश्चिम प्रदेश खेलकुद संघले जनाएको छ।
यसअघि, शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सशस्त्रको विभागीय क्लब एपीएफलाई ४– १ को सोझो सेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। आर्मीले एपीएफलाई २५–२१, २५–१६, २४–२६ र २५–१८ ले जित्दै फाइनल यात्रा गरेको हो। उक्त खेलको ‘म्यान अफ द म्याच’ आर्मीका मानबहादुर श्रेष्ठ बने।
प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।