नेपालले पाहुना टोली पपुवा न्युगिनीसँग दोस्रो टेस्ट खेल्दै


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शनिबार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ।

नेपाल आज पपुवा न्युगिनी –पीएनजी) लाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ। पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ। सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब छ।

पपुवा न्युगिनी (पीएनजी) पनि नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ। एकदिवसीय र त्रिदेशीय टी–२० सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो।

मैदान टियु क्रिकेट मैदानमा सुरु २ खेलको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) १–० ले अघि छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित बनेको थियो।

युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पपुवा न्युगिनी (पीएनजी) नेपाल आएको हो।

उक्त सिरिजमा नेपालले दुबै खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।