आईपीएल आजबाट, उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्दै


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट आज (शनिबार)बाट सुरु हुँदैछ।

आईपीएल अन्तर्गत पहिलो दिन शनिबार एक (उद्घाटन) खेल मात्रै हुनेछ।

वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गर्न चाहन्छ।

चेन्नई र कोलकत्ताबीचको खेलमा चेन्नई हाबी हुँदै आएको छ। गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो। यस पटकको आईपीएलमा १० टोलीको सहभागिता छ। लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।