मानव अधिकार रक्षक सञ्जाल गण्डकीको संयोजकमा जिसी


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




पोखरा । मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् । सञ्जालको शनिबार पोखरामा सम्पन्न पहिलो बैठकले बाग्लुङकी जिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको सह–संयोजकमा कास्कीका रामबहादुर पौडेल, महसचिवमा पर्वतका माधव पौडेल, सचिवमा नवलपुरका खड्कमान मानन्धर, कोषाध्यक्षमा लमजुङका चन्द्रबहादुर मिश्र चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा मिनकाशी गुरुङ (मनाङ), पुष्पा शेरचन (मुस्ताङ), हरिप्रसाद पौडेल(म्याग्दी ), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङ्जा), हरेराम उप्रेती (गोरखा) छन् ।

यस्तै समितिले अपाङ्गता समुहका अन्जना केसी, उत्पिडिततर्फ फेडो कास्की, सुरक्षा गृहतर्फ शक्ति समुह र स्वास्थ्यकर्मीतर्फ मेडिकल एशोसिएसन गण्डकीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

गत फागुनको २० र २१ गते पोखरामा सम्पन्न प्रदेश स्तरीय मानवअधिकार सम्मेलनको परामर्श बमोजित गठित सञ्जालले झण्डै ३ सातापछि पदाधिकारीको टुङ्गो लगाएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।