आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् ।

गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे ।

गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।