नेपाल किरात कुलुङ संघ कास्की जिल्ला समन्वय समितिको अध्यक्षमा लिलाबहादुर कुलुङ सर्वसम्मत चयन भएका छन्।
संघको दोस्रो अधिवेशनबाट कुलुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा रविन कुलुङ र तिला कुलुङ, सचिवमा जमानसिंह कुलुङ, सह–सचिवमा प्रकाश कुलुङ र सुमन कुलुङ कोषाध्यक्षमा परम कुलुङ सहकोषाध्यक्षमा तारा कुलुङ छन्।
त्यस्तै, सदस्यहरुमा रेखा कुलुङ, एलन कुलुङ, सुमन कुलुङ, शशिकला कुलुङ, दिलदेवी कुलुङ, अनिल कुलुङ, इन्द्र कुलुङ, कर्णलाल कुलुङ, श्याम कुलुङ र लोकमान कुलुङ छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले कुलुङ जाति लगायत केही आदिवासी जनजातिहरु सूचीकरणका लागि छलफल गरिरहेको बताए। उनले कुलुङ जातिहरुको अधिकार प्राप्तिको लागि हातेमालो गर्ने प्रतिवद्धता जनाए।
विशेष अतिथि किरात सेवा समाज पोखराका अध्यक्ष लोकेन्द्र राईले कास्की जिल्ला मात्रै नभएर गण्डकी प्रदेशमा रहेका सबै किरातहरुको साझा संस्था रहेको उल्लेख गरे। किरात सेवा समाजले सबैलाई उत्तिकै महत्व दिएको हुनाले कुलुङ समुदायले खोजिरहेको हक अधिकारको विरुद्धमा समाज जान नसक्ने उनको भनाई थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष पदमबहादुर छन्त्याल, सचिव प्रदीप कुलुङ, कुलु मिम्छा गुस्खमका केन्द्रीय सदस्य मनु कुलुङको उपस्थिति थियो।
पूर्वका जिल्लाहरु सोलुखुम्बु, भोजपुर, संखुवा सभा लगायतको जिल्लाहरुबाट विभिन्न समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा कुलुङहरुको बसोबास छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







