काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् ।
साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरे ।
आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





