पोखराबाट लागू औषध सहित एक पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको बर्दिबास घर भइ हाल पोखरा १ सिमपानी बस्दै आएका ३६ वर्षिय चित्र कुमार मर्साङ्गीलाई पोखरा वडा नम्वर ४ बाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले डाईजापाम–६२ एम्पुल, फेनेरागन–६९ एम्पुल र नुर्फिन–३८ एम्पुल गरी जम्मा–१६९ एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका मर्साङ्रगीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी लागू औषध सम्बन्धी मुद्धामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।