पोखरा । सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने पोखराको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुगेकी गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय वसिन्दाले बताए ।
पूर्वाधार विकास योजना अन्तर्गतका २९ लाख रुपैयाँ बराबरका बिभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उनले उपभोक्ताको सकृयतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरिन् ।
सो क्षेत्रमा खानेपानी, सडक निर्माणसंगै अन्य आवश्यकता परिपूर्तिका लागि आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उपसभामुख शर्माले भनिन् त्यसका लागि स्थानीय वासिन्दाहरु संगठित भएर लाग्नु अपरिहार्य छ ।
प्रदेश सभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको आठ लाख रुपैयाँबाट उक्त योजना सहित ढुङ्गेसाँघुचोक सडकमा कल्भर्ड र टुटुङगामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए ।
टुटुङगादेखि परोपकार महासंघको आश्रम हुँदै पटनेरीको वस्तिसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक बर्षाको मौसममा वस्ती उच्च जोखिममा पर्दै गरेको बताउँदै उनले प्राकृतिक श्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे ।
भेलामा उपस्थित स्थानीय वासिन्दाले खुशी हुँदै भने जोखिमपूर्ण कच्चि भिरालो बाटो ढलान भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै दुर्घटनामा समेत कमी आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







