स्याङ्जा जिल्ला प्रशासन कार्यालयले चैत्र मसान्तसम्म हातहतियार बुझाउन आग्रह गरेको छ।
यही बैसाखको ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तीपूर्ण रुपमा सम्पन्न गर्न आँफूसँग भएका हातहतियार सम्बन्धी प्रहरी कार्यालयमा बुझाउन आग्र गरेको हो।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले जिल्लाभित्र रहेका ईजाजतप्राप्त हातहतियारहरु चैत्र मसान्ससम्म नजिकैको कार्यालयमा बुझाउन आग्रह गरिएको छ।
चैत मसान्तसम्म आ–आफ्नो नजिकको प्रहरी ईकाईहमा हातहतियार बुझाएर भरपाई लिन प्रशासनले अनुरोध गरेको हो। यसरी बुझाइएका हातहतियारहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कायर्कालय वालिङमा सुरक्षित साथ राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने जनाइएको छ।
प्रशासनले आदेश गरेको निर्धारित समयभित्र नबुझाएमा त्यस्ता व्यक्तिहरुको हातहतियार खोजतलास गरी कानुन अनुसार कारबाही गरिने समेत प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







