तनहुँ । म्याग्दे गाउँपालिका–२ जामुनेस्थित आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । उक्त आयुर्वेदिक औषधालयको गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो ।
विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । सङ्घीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । कूल एक करोड ५८ लाख ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो ।
त्यसैगरी, गाउँपालिका मातहतका वडा नं ३ र ४ को नवनिर्मित दुई भवनको हालै उद्घाटनपश्चात् सञ्चालनमा ल्याएको छ । उक्त दुवै भवन ४५ लाख ३० हजार ९२४ का दरले निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । वडा कार्यालय भवन बनाउन निःशुल्क रुपमा आठ आना जग्गासहित पास खर्चसमेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गरेका हुन् ।
गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने सोच बनाए पनि कोभिड तथा ठेकेदारका कारण वडा नं ६ र ७ भवन निर्माण सम्पन्न गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







