पोखरा । आउँदो स्थानीय तह निर्वाचनका लागि पोखरा १० र २८ बाट अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा देशभर डेढ सय बढी अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।
पोखरा १० र २८ बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा भएको हो । पोखरा १० को वडाध्यक्षमा सोहेल खान र २८ बाट प्रदीप अधिकारीको अटेरी उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तह दलरहित बनाउने उद्देश्यसहित पोखराका गनेस पौडेलले पोखरा महामनगरको मेयर पदमा उम्मेदवारी दिएका थिए । उनले अभियानको सुरआत गरेसँगै हाल यो अभियान देशव्यापी बनेको छ ।
अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले पोखराबाट अटेरी उम्मेदवारी सार्वजनिक गर्ने उम्मेदवारले २६ गते पत्रकार सम्मेलन गरेर अभियानबारे जानकारी दिने बताए । अहिले अटेरी अभियानले चुनाव लक्षित छलफललाई ब्यापक बनाउँदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





