चैत १६, पोखरा ।
नेपालपत्रकार महासंघ कास्कीले वर्षेनी प्रदान गरिदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ । उनलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो । कार्यक्रममा ‘महामारीमा पत्रकारिता’विषयमाअन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले महत्वपूर्ण कामगर्दै आएको बताए । उनले पत्रकार समाजको चौथो अंग भएकाले सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाज विहीन जनताका आवाजलाई बुलन्द पार्न पत्रकार संवेदनशील र सक्रिय भएर लाग्नुपर्ने आवश्यकता ौंल्याए ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराए । ‘आम संचार विधेयक विद्यायन समितिमा गएको छ । पत्रकारका विज्ञ साथीहरुसँग छलफल समेत गरिएको अवस्था छ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै विधेयक ल्याउँछौं । जसले गण्डकीका पत्रकारलाई सहज वातावरण बनाउनेछ ।’, उनले भने ।
मन्त्री थापाले महामारीका कारण समस्यामा परेका मिडियालाई माथि उठाउने गरी नीति निर्माणमा प्रदेश सरकारको ध्यान पुगेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सांसद मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाहरुले भोग्नुपरेको पीडालाई आत्मसात् गर्दै पुरस्कार स्थापना गरेको जानकारी गराइन् । उनले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
नेपालपत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मीना गुरुङले पत्रकारका समस्यामा मल्हम लगाउन पुरस्कार स्थापना गरी हौसला थप्ने काम गरेको भन्दै धन्यवाद दिईन् । उनले पत्रकार महासंघ कास्कीका पत्रकारहरुको हक हितका लागि साथमा रहेको उल्लेख गरिन् ।
पुरस्कार ग्रहण गर्दै पत्रकार रविना आलेले पुरस्कारले मिडिया क्षेत्रमा नै क्रियाशील हुन प्रेरणा मिलेको बताईन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय त्रिभूवन पौडेल र सरिता तिमिल्सिनाले प्रेस स्वतन्त्रता केन्द्रित गरेर पत्रकार महासंघले आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाएको बताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारहरुले गरेको योगदानको प्रशंसा गरे । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलाले महासंघ नागरिक अधिकारको पक्षमा लैड्दै आएको अभिव्यक्ति दिए । पत्रकारको अधिकारको विषयमा आवाज उठाउनुपर्ने आवश्यकतालाई समेत उनले जोड दिए ।
नेपालपत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति संयोजक कुशुमकेशव पराजुलीले रविना आलेको परिचय दिए । आले २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । भिमाद नगरपालिका वडा नं १ मा जन्मेकी आले रेडियो तरङ्ग र हिमदूत पत्रिकामा आबद्ध छिन् । हालै मात्र आलेलाई नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत तथा सचिव माधब बरालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले ‘कोभिडको समयमा पोखराको पत्रकारिता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





