१३ औ दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुबाष तामाङ सुर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न ओपनको पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन्। पोखराको हिमालयन गोल्फ कोर्समा दुई अन्डर ६८ को स्कोरमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल भएका हुन्।
उनले तेसो, पाँचौ र छैठौं होलमा बर्डीको सफलता प्राप्त गरे। तर चार पारको नवौ होलको डबल बेगीले फ्रन्ट नाइन एक अन्डर ३२ मा सकाए। लगतै दशौ होलमा पनि एक सट खेर फाले तर १३ औ र १६ औ होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन पनि एक अन्डर ३४ मा सकाउदै दुई अन्डरको स्कोर कार्ड तयार पारे। जुन स्कोरमा सुबाष प्रो गल्फरलाई समेत पछि पारेर शीर्षस्थानमा रहन सफल भए।
पहिलो दिन अन्डर स्कोर गर्ने सुबाष एक मात्र खेलाडी हुन्। इभन पार ६८ सहित जयराम श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले फ्रन्ट नाइन एक ओभर ३४ खेल्दा ब्याक नाइन एक अन्डर ३४ मा पुरा गरे। उनी यो सिजन दोस्रो उपाधि जित्ने दाउमा छन्। एमेच्योर अजित बिके र रमेश अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा छन्। दुवैले एक ओभर ६९ स्कोर जोडे। भेट्रान गल्फर रामे मगर २ ओभर ७० सहित पाँचौ स्थानमा छन्। नम्बर एक गल्फर भुवन नगरकोटीले भने दिनेश प्रजापति र नीरज तामङसँग संयुक्त छैठौं स्थान बाडेका छन्। तीनै जनाले ३ ओभर ७१ को स्कोर कार्ड तयार पारे। भुवनले तीन पारको सातौ होलमा होल इन वानको सफलता पनि प्राप्त गरे। तर यसको फाइदा भने उठाउन सकेनन्।
पहिलो दिन राजेन्द्र श्रेष्ठ प्रधान डिस्क्वालीफाई भएका छन्।तीन दिने प्रतियोगितामा १४ एमेच्योर सहित ३९ गल्फरको सहभागिता रहेको छ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





