कास्कीको जनप्रिय र वराह मावि ‘पढ्दै, कमाउँदै’ मा छनोट


     एभरेस्ट आवाज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित




कास्कीको २ विद्यालय ‘पदढदै कमाउँदै’ कार्यक्रमको छनोटमा परेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि कास्कीको पोखरा महानगरस्थित जनप्रिय मावि र माछापुच्छ«े गाउँपालिकाको बराह माविलाई छनोट गरेको हो।

जनप्रिय मावि सिभिल इञ्जीनियररिङ र बराह मावि कृषि अन्तर्गत कुखुरापालनका लागि छनोट भएको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट गरेको छ ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो। सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा ५ वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ। आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा संचालन भएका विद्यालय छनोट गरिएको हो।
केन्द्रका अनुसार कार्यक्रम संचालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न यो कार्यक्रम ल्याएको थियो। यस कार्यक्रममा प्राविधिक धारको कक्षा संचालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ। सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।