प्रतिकात्मक तस्बीर
नेपाली काँग्रेस गोरखाले ८ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ।
गोरखा काँग्रेसले १३ जना मध्ये ८ जनालाई बुधबार मनोनित गरेको हो।
निर्बतमान जिल्ला सभापति हरीबहादुर घले, महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, चन्द्रप्रसाद पोखरेल, ईश्वर अधिकारी, विश्वदेव श्रेष्ठ, रीता देवकोटा, ललिता अधिकारी र सुकबहादुर बिक गोरखा काँग्रेसमा मनोनित भएका हुन्। अन्य ५ जना भने केही समयपछि मनोनित गर्ने गोरखा काँग्रेसले जनाएको छ।
गोरखा काँग्रेसका अनुसार केही समय अगाडी निर्वाचनबाट जिल्ला सदस्यमा आउन नसकेका विज्ञ, विशिष्ठ र क्षेत्रलाई समेटेर ८ जना मनोनित गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







