प्रतिकात्मक तस्बीर
बाग्लुङ । भीरबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा पोखरा ल्याउँदै गर्दा बाटो मा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाग्लुङको निसीखोला गाउँपालिका–५ का १९ वर्षीय डोरबहादुर घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
बुधबार दिउँसो निगालो काट्न जाने क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका घर्ती मगरलाई स्थानियले उद्दार गरी स्थानिय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएकोमा थप उपचारका लागि पोखरा ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।
प्रमुख वन्तका अनुसार बुर्तिबाङमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि पोखरा ल्याउँदै गर्दा गएराती बाटोमा नै मृत्यु भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







