भारतले शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।
भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई शुक्रबार पठाएको हो।
निगमका अनुसार अप्रिल १ तारिख (चैत १८ गते) आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य थोरै घटेको छ।
आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ।
नयाँ सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर २ पैसाले बढेर आएको छ। निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसाले बढेर आएको छ।
उता हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ। उता खाना पकाउने एलपी ग्यासको मूल्य पछिल्लो पटक प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको छ। यसले नेपालीको चुल्हो महँगिने पक्का भएको छ।
रुस–युक्रेन युद्धसँगै निरन्तर उकालो लागिरहेको डिजेल–पेट्रोलमा मूल्य वृद्धि रोकिँदा उपभोक्तालाई केही राहत भएको छ। नयाँ मूल्यसूचीअनुसार हाल कायम बिक्री मूल्यअनुसार १५ दिन ५ अर्ब २१ करोड घाटा कायमै रहने निगमले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





