नेपाली लेखक संघको अध्यक्षमा पोखराका तीर्थ श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




कवि तीर्थ श्रेष्ठ नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

पोखरामा शुक्रबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट साहित्यकार समेत रहेका पोखरेली श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्।

अध्यक्षका लागि श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो। अन्य पदका लागि भने आज (शनिबार) मतदान हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।