प्रतिभा माविको प्रतिभा सम्मानबाट प्रा.डा.सुबेदी र क्रिकेटर मल्ल एक\एक लाख राशीसहित सम्मानित

- छात्रा सीमा केसीलाई प्रतिभा रत्न सम्मान


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १९

साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले सुबेदीलाई नगद एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरेका थिए ।

सुबेदीले ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । सुबेदीले नेपाली तथा अङ्ग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् । त्यस्तै उनी विगत ५० वर्षदेखि उच्च शिक्षा क्षेत्रमा प्राध्यापनरत छन् ।

कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नगद १ लाख राशीकै ‘प्रतिभा सम्मान’बाट सम्मानित गरिएको छ । उनलाई क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप ‘प्रतिभा वर्ष सम्मान–२०७८’बाट सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मानित भएका प्रा.डा.अभी सुबेदीसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले सुबेदीलाई नगद एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरेका थिए ।

यसैबीच, विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको हो ।

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षा तथा वर्षभरी भएका विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।