हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य पुरस्कार


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित




वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य स्मृति पुरस्कार–२०७८ प्रदान गरिएको छ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा दमौलीमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सो पुरस्कार अर्पण गरिएको हो।

पुरस्कार छनोट समितिका संयोजक डिल्लीराम मिश्र श्रमजीवी, सदस्य एवं मञ्चका अध्यक्ष आकाश अधिकारी, कवि क्षेत्रप्रतापका सूपुत्र एवं पुरस्कारदाता अमनप्रताप अधिकारी, मञ्चका सल्लाहकार तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले महेश, पदेन सदस्य डा.वासुदेव त्रिपाठीले पुरस्कारको लागि कोइरालालाई छनोट गरेको थियो।

कवि क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा शनिबार दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष समारोहबीच नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी, क्षेत्रप्रताप अधिकारीका सुपु्त्र अमनप्रताप अधिकारीले सयुक्त रुपमा प्रदान गरे। सो अवसरमा सहित्यकार सरुभक्तले प्रतिभालाई सम्मान गर्ने कार्य उल्लेखनीय भएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।