लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ :अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित




विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे ।

उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।