पर्वतमा ३१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित




पर्वत जिल्लाभरका ३१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको टिसिभी खोप दिइने भएको छ।

जिल्लामा चैत २५ गतेदेखि अभियान नै संचालन गरी टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो।

अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३१ हजार १ सय ९ वालवालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने हो।

पर्वत जिल्लाका सवै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान प्रभावकारी रुपमा संचालन गर्नका लागि जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ।

देशभर संचालन हुन लागेको टाइफाइड खोप अभियान अन्तर्गत ७५ लाख वालवालिकाहरुलाई यो खोप लगाउन लागिएको हो। राष्ट्रिय खोप सल्लाहाकार समितिको वैठकले टाइफाइड विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेपछि नेपाल सरकारमार्फत यो अभियान संचालन गर्न लागिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।