फाइल तस्विर
कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी कुटेका छन् । मन्त्री मनाङेले आफ्नै मन्त्रालयका कर्मचारी प्रकाश ओझालाई कुटेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा स्वरोजगारको अनुदान सम्बन्धि विषयमा छलफल भएको थियो । छलफलमा मन्त्रीसहित कर्मचारीहरु सहभागि थिए । कार्यक्रममा मन्त्री मनाङेले युवा स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धि कार्यविधिबारे चासो व्यक्त गरेका थिए ।
उनले कुटेका उक्त कर्मचारी हस्पिटलमा उपचारत छन् । निर्वाचन लागु हुनुभन्दा अगाडी नै काम सक्ने भन्दै मन्त्री मनाङगेले ब्रिफिङ गर्ने क्रममा समान्य हातपात भएको मनाङगेका सचिवालयका एक कर्मचारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







