स्याङ्जा । नेपाली कांग्रेस फेदीखोला गाउँपालिाका वडा नं २ मा विभिन्न पार्टी परित्याग गरि १५ जना बढी पार्टी प्रवेश गरेका छन् ।
पार्टीको गाउँपालिकास्थित वडा नम्वर २ समितिको आयोजनामा बुधबार स्थानचौरमा सम्पन्न नियमित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५ जना बढी पार्टी प्रवेश गरेको कांग्र्रेस वडा समितिका सभापति लेखबहादुर जिसी (चन्द्र)ले जानकारी दिए ।
उनले नेकपा एमालेको स्थानिय सरकारको कार्यशैलीका कारण आजित भएका जनता निर्वाचनमार्फत स्थानिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘एमालेको स्थानिय सकरको कार्यशैलीका कारण गाउँपालिकामा कांग्रेसको पक्षमा जनमत बढेको छ, त्यसैको प्रमाणस्वरुप दिनदिनै विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको संख्याले पनि यस्को पुष्टि गर्छ ।’
कार्यक्रममा पार्टी प्रवेश गरेकाहरुलाई कांग्रेस फेदीखोला समितिका सभापति महेन्द्र थापा, नेपाली कांग्रेस क्षेत्र नं १ का सदस्य जितजंग कार्की, धनराज कार्की लगायतले टिका, खादा र सदस्यता वितरण गरेका थिए ।
कांग्रेस फेदीखोला २ का सभापति लेख बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, क्षेत्रिय सदस्य जितजंग कार्की, धनराज कार्की, नरबहादुर गोदार लगायतले स्थानिय क्षेत्रमा विकासका लागि नेपाली कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसैविच, नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार शुरु भएको ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई तिव्रता साथ सञ्चालन गरिरहेको कांग्रेस फेदीखोलाका सभापति महेन्द्र थापाले जानकारी दिए ।
स्थानिय तह निर्वाचनको मिति घोषणा भएसँगै गाउँपालिका कार्यसमितिले यो अभियानलाई तिव्रता दिएको छ ।
स्थानिय निर्वाचनमा फेदीखोलामा तालमेलकालागि क्रियाशिल नेकपा माओवादी , नेकपा एकिकृत समजावादी, जसपा लगायतका पार्टीहरुसँग प्रारम्भीक छलफल शुरु गरिएको पनि कांग्रेस फेदीखोला समितिका सभापति थापाले जानकारी दिए ।
फेदीखोलामा २०७४ सालमा भएको स्थानिय तह निर्वाचनमा नेकपा एमालेका घनश्याम सुबेदीले नेपाली कांग्रेसका उम्मेद्वार तारापती सुबेदीलाई २०४६ मतान्तरले पराजित गरेका थिए ।
फेदीखोलाका ५ वडाका २७ सदस्यमा एक वडाध्यक्ष सहित एक सदस्यमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






