चैत २४ पोखरा । बिहीबार गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ जना रहेको छ ।
संक्रमित सबै कास्की जिल्लाका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित मध्य ६ जना होमआइसोलेसनमा छन् । प्रदेशका बाँकी १० जिल्लामा भने कोरोना भाइरस संक्रमित संख्या शून्य छ ।
पछिल्लो २४ घण्टामा ३० जनामा गरिएको परीक्षणमा कसैलाईपनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म एक लाख एक हजार ९९३ जना संक्रमित भएका छन् ।
त्यस्तै एक लाख ५२० जना संक्रमणमुक्त भइसकेका छन् । भने प्रदेशमा हालसम्म एक हजार ४६६ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







