गण्डकी प्रदेशमा पनि बीमा दिवस मनाइँदै


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशमा पनि विविध कार्यक्रमसहित छैटौ राष्ट्रिय दिवस मनाइँदैछ।

बीमा कार्यक्रम लागू गरिएको अस्पतालमा सरसफाई तथा बोर्ड अन्तर्गतको जिल्ला कार्यालयहरुमा दीपावली गरेर बीमा दिवस मनाइन लागेको गण्डकी प्रदेश संयोजक जीवबलाल खरेलले जानकारी दिए।

खरेलका अनुसार गण्डकी प्रदेशको ११ वटै जिल्लामा बीमा कार्यक्रम लागू भएको छ। हालसम्म प्रदेशभर ७ लाख भन्दा बढी बीमा कार्यक्रममा आबद्ध भएका छन्। कार्यक्रम अन्तर्गत ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सकिनेछ।

प्रदेशभर ७० वर्ष उमेर काटेका करिब ८० हजार भन्दा बढी ज्येष्ठ नागरिकहरु बीमा कार्यक्रममा आबद्ध भएको खरेलले जानकारी दिए। ज्येष्ठ नागरिक, अति विपन्न, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरु, एचआइभी संक्रमित, कुष्ठरोगी, क्षयरोगीलाई का लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था छ। उनीहरुका लागि सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको संयोजक खरेलले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।