बुर्तिबाङ । ढोरपाटनमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ढोरपाटनबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ ज ४३४८ नम्बरको पिकअप जीप वडा नम्बर ९ को सुकुरदुङमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर ७ की ६० वर्षीया मनसरा थापा घाइते भए भएकी हुन् ।
महिलाको टाउकोमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। गाडीको ब्रेक फेल भएर भित्तामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक वडा नम्बर ६ का ३८ वर्षीय कुलबहादुर अदैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







