पोखरा– १५, फलेपाटनस्थित सिद्व माविले सेवा निवृत्त शिक्षक तथा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा सम्मान गरेको छ।
सेवा निवृत्त भएर जाने शिक्षकहरुमा पूर्व प्रधानाध्यापक शंकर ज्ञवाली, व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं पूर्व सहायक प्रधानाध्यापक शिवबहादुर भण्डारी, निर्मल गिरी, कल्पना राणा छन्।
प्रमुख अतिथि पोखरा महानगर वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले सेवा निवृत्त हुनु भनेको जीवन सकिनु भन्ने होइन, अब आफ्नो बाँकी रहेका इच्छाहरु पूरा गर्ने र सिर्जनात्मक कार्य गर्ने समय रहेको बताए। निवृत्त शिक्षकहरूको बाँकी पल सुखद, समृद्ध र उत्पादनमूलक रहोस भन्दै शुभकामना दिए।
पौडेलले विदाई भएर जाने विद्यार्थीलाई उच्च शिक्षाको शुभकामना तथा उज्ज्वल भविष्यको कामना गरे। भविष्यमा सिद्ध मावि र बाबुआमाको नाम राख्न उनको शुभकामना थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश आलेले आफ्नो ऊर्जाशील समय सिद्व माविमा शिक्षणमा लगानी गरेका शिक्षकहरुको योगदान अमूल्य रहेको बताए। उनले अबका बाँकी जीवन सस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिए। त्यस्तै कक्षा १२ का विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा हासिल गरि समाज र देशको सेवा गर्न उनको आग्रह थियो।
प्रधानाध्यापक गुरुदत्त कोइराला, राजेन्द्र गिरी, निवृत्त शिक्षकका तर्फबाट शंकर ज्ञवाली, विद्यार्थीको तर्फबाट रेणुका रानामगरले मन्तव्य राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश आलेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुष्कर सारुमगरले स्वागत र सहायक प्रधाना ध्यापक जुना थापाले कार्यक्रम संचालन गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







