कस्केली अधिकृत समाजको अध्यक्षमा चन्द्रबहादुर सुवेदी निर्वाचित भएका छन्।
समाजको सातौं अधिवेशनले सुवेदीलाई सर्वसम्मत निर्वाचित गरेको हो।
त्यस्तै, अधिवेशनले समाजको नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सह–सचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास छन्।
त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई. सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुंगााना, चन्द्रावती अधिकारी (वाग्ले), अनिल सुवेदी र मैया पराजुली छन्।
अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुंगाना सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो।
यसअघि, अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले सकारात्मक सहकार्य र भावनात्मक एकतामा जोड दिए। कृयाशील समाजले आगामी दिनमा अझै सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।
समाजद्वारा प्रकाशित अधिकृत आवाज (अंक १०) लोकार्पण गरिएको थियो। समाजसेवी एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल, समीक्षक असफल गौतमसहित समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई समाजले सम्मान गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







