पोखराको मेयरमा श्रीनाथ बरालकोपनि उम्मेदवार बन्ने चाहना

- पोखरालाई आधुनिक शहर बनाउने लक्ष्य


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




पोखरा २७, चैत


विगत करिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व श्रीनाथ बराल पोखरा महानगरपालिकाको मेयरको आकांक्षा व्यक्त गरेका छन् । पोखरा १३, (आर्वा) निवासी बुबा स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बराल पोखराको समग्र विकास र समृद्धिसंगै पोखरेली जनताको जनजिविकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले मेयरको रुपमा आफु आउन खोजेको उनले बताए ।
नेकपा (एकिकृत साजबादी) को पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहनु भएको बरालले पोखराको शिक्षा, स्वस्थ्य, रोजगार, प्रविधि, संस्कृति र पर्यावरणको क्षेत्रमा समाजवादी मोडलको आधुनिक शहरको रुपमा विकास गराउने लक्ष्य राखेका छन् । स्पष्ट वक्ता तथा सरल स्वभावका बरालले शहरीया भूमिहिन सुकुम्बासी र शहरीया गरिबहरुलाई समुचित ढंगबाट व्यबस्थापन गरी भूमिआवास र रोजगारको प्रबन्ध गर्ने रणनिती योजना ल्याउने बताए ।

पोखराको सडक संजाल तथा पार्किङ क्षेत्रको दिर्घकालिन गुरुयोजना तयार पारी पछिको कम्तिमा ५० बर्ष सम्मको लागि गुरुयोजना अनुरुपकाम गर्ने लक्ष्य भएको उनको भनाई छ । गण्डकी प्रदेशको राजधानि पोखरालाई साँच्चै विश्वकै लोभलाग्दो पर्यटकीय शहरको रुपमा विकास गर्ने र शिक्षा, स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्ने अभियानमा आफुले नेतृत्व गर्न चाहेको बरालले बताए । पोखरामा निर्माण भएको पोखरा क्षेत्रिय अन्तराष्ट्यि विमानस्थललाई अन्तराष्ट्यि उडान गाउन संघिय सरकार समक्ष पहलकदमीलिने तथा पोखराको पृथ्बीचोकमा पुरानो बस पार्कलाई व्यबस्थित गरी लामेआहालमा क्षेत्रिय स्तरको बस पार्क निर्माण गर्ने बरालको लक्ष्य रहेको छ । संघिय मोडल अनुरुप पहिलो कार्यकालमा रहेका पोखराको विकासमा आवश्यक पर्ने पूर्वाधार विकासलाई निरन्तरता दिने आफुनो योजना रहेको उनको भनाई छ ।
पोखरालाई अन्तराष्ट्यि शहरको रुपमा विकास गर्न, भौतिक पूर्वाधार निर्माण, गरिबीको रेखामुनि रहेका जनताको आयस्तर बृद्धि तथा आयआज्रनमा सुधार गरी गरिबीमा रहेका जनतालाई मध्यम स्तरमा पुराउने, उद्योगी तथा व्यवसायीहरुलाई राष्ट्यि स्तरका उद्यमीको रुपमा विकास गराउने लक्ष्य समेत रहेको उनको भनाई छ । उनले भने, “पोखरा क्षेत्रलाई शहरीकरणको दृष्टिबाट समग्र रुपमा हेर्दातीन स्तरमा रहेको पाइन्छ, मुख्यशहरी क्षेत्र, मध्यशहरी क्षेत्र र ग्रमिण क्षेत्र रहेकोलाई सोहीअनुरुप योजना बनाइ आधुनिक शहरको रुपमा विकास गर्नु पर्छ । ”
आम पोखरेलीहरुलाई शुसासनको प्रत्याभूति दिलाउने गरी छिटो छरितो तथा पारदर्शी ढंगले सेवादिने रणनिती अबलम्बन गर्ने तथा प्रविधि मैत्रि तथा अनलाइन सेवा मार्फत पोखरेलीहरुले घर घरबाटै सेवालिन सक्ने प्रणालीको व्यबस्था गर्ने कार्य योजना समेत बनाउने नेता बरालले बताए । पोखरा क्षेत्रको यातायात सेवालाई छिटो छरितो र थप प्रभावकारी बनाउने उनले बताए । पोखराको पहिचान बनाएका रामसार सुचिमा सुचिकृत भएका फेवा, बेगनास, रुपा लगायतका तालहरु त्था पर्यटकीय स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आकषर्णको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बरालले जनाए । पोखरामा खाद्य सम्प्रभुताको अबधारणा अनुरुप कृषिमा आधुनिकिकरण तथा व्यवसायी करण गर्ने तथा पोखरालाई खेलकुद र चलचित्रन गरीको रुपमा विकास गर्ने योजना रहेको उनको भनाई थियो ।
बाल्यकालः रतन पाण्डे नि.मा.वि. कक्षा ७ सम्म अध्ययन नेता बराल अम्मरसिंह नमुना मा.वि. ८ देखि १० सम्मको अध्ययन पश्चात पृथ्बीनारायण क्याम्पसमा समाज तथा मानव सात्र (एम.ए.) सम्मको अध्ययन गरेका छन् ।
विद्यालय अध्ययनकै क्रममा कक्षा ६ बाटै राजनीतिमा लाग्नु भएको अनेरास्वियू प्रारम्भिक कमिटिको अध्यक्ष, युथ कम्युनिष्ट लिगको इलाका सचिव (२०३७), कम्युनिष्ट आन्दोलनमा (२०३५÷०३६) लाग्नु भएको बराल २०३८ मा कम्युनिष्ट पार्टीको सक्रियदलमा आबद्ध हुनु भएको थियो । २०४० साल देखि पार्टीको पुर्णकालिन बिद्यार्थी युवा नेताको रुपमा लाग्नु भएको बराल, २०४२ पृथ्बीनारायण क्याम्पसमा स्ववियूको सदस्यमा निर्वाचित, २०४४ मा बिद्यार्थीहरुलाई अपहरण गरेको बिरोधमा पृथ्बीनायण क्याम्पसमा १३ दीन आमरण अनसन बसेको समेत स्मरण गर्नु हुन्छ । पार्टीको भूमिगत कार्यकर्ताको रुपमा करिब ३ बर्ष समय वेतित गर्नु भएको बराल पन्चायत व्याबस्था बिरोधी गतिविधिमा लाग्दा विभिन्न राजनीतिक मुद्धाको सामना गरे । २०४६ सालको जनआन्दोलनको संयुक्त बाममोर्चा गण्डकी अञ्चल समितिमा नेकपा मालेको तर्फबाट सदस्य रहेको तथा संयुक्त समेन्त्रमा रहि आन्दोलनको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।
२०४४ देखि २०५९ सम्म जिल्ला विकास समिति कास्कीको उपसभापतीको रुपमा जिम्मेवार सम्हाल्नु भएको बराल, नेकपामाले हुदै नेकपा एमालेको कास्की जिल्ला कमिटिमा जिल्ला कमिटिको प्रमुख, उपप्रमुख र सदस्यको रुपमा कामगर्नु भयो भने २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको कु बिरुद्ध प्रर्दशन गर्दा पोखरामा पक्राउ परी तीन महिना जेल र दोश्रो पटक ज्ञानेन्द्रको कथित स्थानिय निर्वाचन बहिष्कार आन्दोलन बिरुद्ध करिब साँढे दुई महिना जेल परेका थिए । अञ्चल तथा प्रदेश कमिटिमा ३ कार्यकाल काम गरेको तथा केन्द्रिय कमिटि नेकपा र एमालेको केन्द्रिय सदस्यको रुपमा काम गरेका हाल नेकपा एकिकृत समाजबादीको पोलिट ब्यूरो सदस्यतथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष छन् । नेता बराल राजनीतिक क्षेत्रमामात्र सक्रिय नभई विकास निर्माणदेखि विभिन्न शैक्षिक एवं सामाजिक संघ संस्था उत्तिकै सक्रियताका साथ सामाजिक क्षेत्रमा समर्पित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।