एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




पोखरा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट पोखरा १३ को अध्यक्षमा बसन्त बराल (राजु) सिफारिस भएका छन् ।

नेकपा एमालेको पोखरा १३ वडा कमिटीको भेलाले बसन्त बराल (राजु) लाई वडाध्यक्षका लागि सिफारिस गरेको पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।

यस्तै भेलाले महिला सदस्यमा कृष्ण कुमारी गुुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा निलकण्ठ सिग्देल र अमजत अलिमयिालाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले कास्कीका उपसचिव समेत रहेका दर्शन लामाले जानकारी दिए ।

वडाका ५ उम्मेद्वारमध्य ३/३ जनाको नाम सिफारिस गर्न सकिने भएपनि सर्वसम्मतरुपमा १/१ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय भेलाले गरेको लामाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।