एमालेबाट पोखरा १८ अध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा एमाले पोखरा १८ ले आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ ।

शनिबार बसेको पोखरा १८ वडा कमिटीको भेलाले वडाध्यक्षमा पुष्कलबहादुर थापाको नाम सिफारिस गरेको हो ।

यस्तै भेलाले महिला सदस्यमा कल्पना ढकाल, दलित महिला सदस्यमा मीना नेपाली, खुला सदस्यमा नवराज सुवेदी र रमेश थापालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले वडा इन्चार्ज रणबहादुर थापाले जानकारी दिए ।

५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको थापाले बताए ।

अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ । अथवा जिल्लाले थपेर अरु नामका उम्मेदवार पनि बनाउन सक्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।