एमाले फेदीखोला ५ मा चेतन शर्मा सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




स्याङ्जा । नेकपा एमाले फेदीखोला गाउँपालिाका स्याङ्जाले वडा नम्वर ५ को आगामी स्थानिय तह निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ ।

आइतबार बसेको बसेको फेदीखोला ५ वडा कमिटीको भेलाले वडाध्यक्षमा चेतन शर्मालाई सिफारिस गरेको छ ।

यस्तै भेलाले महिला सदस्यमा युग कुमारी लामिछाने, दलित महिला सदस्य पदमा कौशिला परियार, खुल्ला सदस्यमा नन्द बहादुर गुरुङ र पदम बहादुर क्षेत्रीलाई सर्वसहमत उमेदवार चयन गरेको वडा इञ्चार्ज एवम् नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी स्याङ्जाका सदस्य देउकुमारी गुरुङ चिजाले जानकारी दिइन् ।

५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको गुरुङले बताइन् ।

अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ । अथवा जिल्लाले थपेर अरु नामका उम्मेदवार पनि बनाउन सक्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।