स्याङ्जा । आगामी स्थानिय तह निर्वाचनका लागि नेकपा एमालेबाट स्याङ्जाको फेदीखोला गाउँपालिका – ४ को वडा अध्यक्षमा माधव प्रसाद शर्मा सुबेदी सर्वसम्मत सिफारिस भएका छन् ।
आइतबार बसेको फेदीखोला ४ को वडा कमिटी बैठकले वर्तमान वडाध्यक्ष समेत रहेका सुबेदीलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै भेलाले महिला सदस्यमा ज्ञानुमाया पौडेल , दलित महिला सदस्यमा राज कुमारी नेपाली , खुल्ला सदस्य तर्फ मेघनाथ पौडेल र रुद्र बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमाले फेदीखोलाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





