प्रतिकात्मक तस्बीर
आगामी बैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले पोखरा महानगरको वडा नं २ मा गठबन्धन नगर्ने जनाएको छ।
नजिकिदैँ गरेको स्थानीय निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग गठबन्धन गर्ने काँग्रेसको केन्द्रीय र जिल्ला समितिको निर्णयप्रति ति समितिप्रति ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस पोखरा २ वडा ईकाई समितिले आफ्नो धारणा सार्वजनिक गरेको छ।
पोखरा महानगर २ नेपाली काँग्रेस वडा ईकाई समितिका सचिव अग्नीप्रसाद भुषाल र सुशिला बराल रेग्मीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्तिमार्फत वडामा गठबन्धन नगर्ने आधिकारिक धारणा सार्वजनिक गरेको हो।
विज्ञप्तिमा भनेको छ, ‘पोखरा–२ मा गठवन्धनको आवश्यकता नरहेको र हामी एक्लै निर्वाचनमा जाँदा जित सुनिश्चित रहेको कुरामा विस्वस्त छौं।’

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, जेठ ३१ नेपाली भूमि सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी० प्रवेशको…







