पोखरामा आज कोरोनाविरुद्धको खोप लगाइँदै


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित




पोखरामा कोरोनाविरुद्धको खोप लगाइँदैछ।

कोभिड–१९ अभियान अन्तर्गत पोखराको रत्नचोकस्थित वडा नं ७ को सहरी स्वास्थ्य केन्द्रमा कोभिडविरुद्धको कुनैपनि एक मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन छुटेकालाई खोप लगाइने भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसिलको एक मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकालाई खोप लगाइँदैछ।
त्यस्तै, मोडर्ना, अस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल र जेन्सनको दोस्रो तथा बुस्टर डोज खोप दिइँदैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।