साङ्केतिक तस्विर
तनहुँ । आगामी वैशाख वैशाख पहिलो साता तनहुँको दमौलीमा निःशुल्क योग विज्ञान शिविर आयोजना गरिने भएको छ ।
वैशाख ३ देखि ७ गतेसम्म दमौलीस्थित व्यासनगरपालिका–३ खुल्ला मैदानमा बिहान ५ देखि ७ बजेसम्म योग शिविर आयोजना गरिने पतञ्जली योग समिति तनहुँ शाखाका अध्यक्ष शिवराज काफ्लेले जानकारी दिए । उक्त शिविरमा कम्तीमा दुई हजार मानिस सहभागी गराउने उनले बताए
मानिसको शरीरमा आठवटा चक्र हुन्छन् । ती सबै चक्रलाई सक्रिय बनाउन सकिए मानसिक र शारीरिक तनावबाट मुक्ति पाउन सकिने हुनाले शिविर अपरिहार्य शाखा अध्यक्ष काफ्ले बताए ।
शिविरमा केन्द्रीय प्रभारी लवदेव गुरु, युवा प्रभारी लोकनाथ खनाल, केन्द्रीय सदस्य वरिष्ठ प्रशिक्षक खुमानन्द ज्ञावली र प्रदेश प्रशिक्षक नरेन्द्रमान लालचनले प्रशिक्षण दिनेछन् ।
तनाव व्यवस्थापन गर्न सकारात्मक सोचको विकास गराउन र जीवन पद्धतिमा परिवर्तन ल्याउन योग शिविरको आयोजना गर्न लागिएको शाखाका महामन्त्री राजकुमार श्रेष्ठले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







