जापान जान हिँडेकी यूवती विमानस्थलबाटै पक्राउ


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तनहुँकी एक यूवती पक्राउ परेकी छन् ।

जापान जानका लागि हिडेकी तनहुँको भानु नगरपालिका – ७ की २७ वर्षिया सोविता नेपालीलाई प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

गएराती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्ने क्रममा गोली बरामद गरिएको हो ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो ।

उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।