नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको घाचोकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
माछापुच्छ्रे गाउँपालिका–३ घाचोक पार्टी वडा कमिटीको सोमबार बसेको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा ३ जनाको नाम पालिका कमिटीमा सिफारिस गरेको हो।
अध्यक्षमा शिवप्रसाद पोखरेल, गोपाल पोखरेल र नारायण दवाडीको नाम पठाइएको छ। पालिका कमिटीले अध्यक्षमा प्रश्तावित ३ जनामध्ये १ जनालाई वडाध्यक्षको टिकट दिने माओवादीले जनाएको छ।
यसैगरी वडा सदस्यमा चित्रनाथ लम्साल र हिमप्रसाद अधिकारी तथा दलित वडा सदस्यमा मनकुमारी नेपाली र महिला सदस्यमा सीता पोखरेलको नाम पालिकामा पठाइएको वडा कमिटीका सचिव विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





