पोखरा । पोखरा ९ वसपार्कमा रहेको साहारा वाल आधारभुत विद्यालयका विद्यार्थीहरु तथा सर्वसाधारण १३७ जनाको नाक, कान, घाँटी र थाइराइडका विरामीहरुको आइतबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
उनिहरुलाई स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा शहरी स्वास्थ्य केन्द्र पोखरा–९, नयाँबजारमा अयोजित निःशुल्क स्वास्थ्य शिविर श्रीकृष्ण इएनटी केयर सेन्टर नयाँवजारका प्रा.डा. श्रीकृष्ण कोईराला सहित डा. मनिता महर्जन र डा. मनोज भट्टले स्वास्थ्य परीक्षण गरेका हुन् ।
पोखरा ९ की कार्यबहाक वडाध्यक्ष राममाया मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वडा सदस्य गीता चर्माकार, वडा सदस्य नन्दराम गिरी, वडा सचिव झन्कनाथ पौडेल, शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशी, साहारा वाल आविका सहायक प्राचार्य राम प्रसाद पौडेल लगाएतले बोलेका थिए ।
नयाँवजार निवासी समाजसेवी हिरा घलेको आर्थिक तथा युवा बौद्ध संघ नदिपुरकी सचिव कमला थापाको विषेश सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक गीता चर्माकारले बताए ।
त्यसै गरी सोही केयर सेन्टरकी प्रवन्धक गौरी कोइराला, मधु राना, शान्ति क्षेत्री, महेश भण्डारी, सन्तोष पौडेलले औषधि वितरणमा र स्वास्थ्य स्वयम्सेवीकाहरु विनिता पौडेल, कमला केसी, लक्ष्मी गिरी, सपना विक, नानुमाया सुवेदी र पुष्पा गिरीले नाम दर्ता लगाएतका कार्यमा सहजीकरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







