पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठवन्धको मापदण्ड अनुरुपनै निर्वाचन लाग्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा मंगलवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले स्थानिय पस्थिति र आवश्यकाता अनुसार नै केन्द्रले गठबन्धनको निती तयार गरेको बताए ।
उनले बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनकै कारण उमेदवार छनोटमा ढिलाई भएको बताए । गठबन्धन र तालमेलका कारण टिकटको टुङ्गो लगाउन समय लागेको समेत उनको भनाई थियो ।
बरिष्ठ नेता पौडेलले टिकट दिदाँ कार्यक्षमता, योगदान,निष्ठा,ईमानदारीतार लोकप्रिय नेतालाई छनोट गर्न निर्देशन दिए । एकमहिने प्रचार अभियानले पार्टी सुदृढ बनाउन मद्दत पुगेको र गाँउगाँउमा चुनावी माहोल बनाएको दावी समेत गरे ।
उनले पोखरा महानगर पालीकाको मेयर काग्रेसले लिने दावी समेत गरे । साथीहरुले मलाई र पाटी सभापतीलाई समेत भेटेर गठबन्धको नाममा मेयर नछाड्न आग्रह गरेका छन । उनले ६ ओटा महानगरको भागबन्डाका बारे छलफल भईरहेको समेत बताए ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धको नाममा वडा,नगर र जिल्ला तहको सुझाबलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
उनले पोखरा महानगरपालिका को नेतृत्व काँग्रेसले लिएर गठबन्धका दलहरुलाई साथमा दिएर जान सकिने दाबी समेत गरे । कार्यक्रम महामन्त्री विष्णु प्रसाद लामिछानेले प्रदेशका सांगठनिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







